परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्तिमा अङ्ग्रेजी मिलेन !

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण मिति टुंगो लागेको छ । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको हो ।    ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ विज्ञप्तिमा भनिएको छ । तर बिज्ञप्तिमा प्रयोग भएको अंग्रेजीले नेपालकै बेइज्जत गरेको छ ।

‘President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.’ विज्ञप्तिमा भनिएको छ । जबकी हुनुपर्ने memoranda नभई memorandum हो । अंग्रेजी शब्दकोषमै नभएको शब्द प्रयोग हुँदा नेपालको बेइज्जत भएको विश्लेषण गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार