फुटबल खेलाडीलाई क्यानबेरामा स्वागत

९ अक्टोबर सिड्नी ।
बिहिबार अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा हुने फिफा २०२२ कतार छनौटको फुटबल खेलका लागि नेपाली फुटबल टिम मंगलबार क्यानबेरा पुगेका छन् ।स्थानीय सहयोगी संस्था गैर-आवासीय नेपाली संघ (युथ फोरम) र अष्ट्रेलियन नेपाली फुटबल एसोसियसन (एन्फा) को संयुक्त पहलमा खेलाडीहरुको आवास तथा खेल अभ्यासको व्यबस्था रहेको छ ।

काबा राजदुत दुर्पदा सापकोटा र कर्मचारी खेलाडी समुह संग सामुहिक तस्विर खिचाउदै ।

खेलाडीहरुलाई क्यानबेरा स्थित नेपाली राजदुताबासले मंगलबार नै स्वागत गरको थियो । आज राजदुताबासले प्रेस बिज्ञप्ती जारी गरी खेल हेर्न र खेलाडीलाई हौसला प्रदान गर्नका लागि आम नेपाली समुदायमा अपिल गरेको छ ।राजदुताबासका अनुसार अष्ट्रेलियाको बिरुद्दको खेलमा नेपाली टोलीको नेतृत्व कप्तान किरण चेमजोङले गर्नेछन् । यस्तै गोलकिपर किरण चेमजोङ्ग, बिकेश कुथु, विशाल श्रेष्ठ रहेका छन् । त्यस्तै सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ्ग, देवेन्द्र तामाङ्ग, रजिन धिमाल, सुमन अर्याल डिफेन्ड (रक्षापङ्ति) मा रहनेछन् ।
त्यसैगरी सुनिल बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरूङ्ग, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल रार्इ, रोहित चन्द मिड फिल्डरको रूपमा खेल्नेछन् भने विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ फरवार्डमा रहेका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक योहान कलिनले एलन न्यौपाने, विमल राना र रवि सिलवाललार्इ अतिरिक्त खेलाडीको रूपमा टोलीमा समावेश गरेका छन् ।
नेपाली टोली फिफा विश्वकप-२०२२ को छनोट चरणको पहिलो खेलमा कुवेतसँग पराजित भएता पनि दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई पराजित गर्न सफल भएको थियो ।
फिफा छनौटका लागि नेपालको यो तेस्रो खेल हो । नेपाली फुटबल टोली अष्ट्रेलियासँग खेलेपछि आगामी १५ अक्टोबर २०१९ मा Home and away format को अन्तिम खेल खेल्नका लागि नेपाली टोली काठमाडौं हुँदै जोर्डन जाने कार्यक्रम रहेको छ । त्यस्तै नेपाली टोलीले यस वर्षको अन्त्य र अर्को वर्षको जुनसम्म गरी यस समूहका देशहरू कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेइसँग आफ्नै घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ ।

अष्ट्रेलिया बिरुद्दको खेल फक्स स्पोर्टस्,एबिसि टिभि,कायो स्पोर्टस् र माईफुटबल लाईभ एप्लिकेसन मार्फत् प्रत्यक्ष प्रसारण हेर्न सकिने पनि राजदुताबासले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार