हिरासतमा सुतेर बित्यो महराको दशै

काठमाडौं ।
एउटा थेगो र चलन नै छ ‘दशै दशा नबनोस्’ तर कहिलेकाही यस्तै संयोग पर्ने गरेको देखिन्छ । देश देखि बिदेश सम्म दशैको रौनक छाईरहेका बेला निबर्तमान सभामुख कृष्णबहादुर महरालाई भने साढेसातकै दशा लागेको छ ।दशैको घटस्थापना पछि उनलाई साढे सातको दशा लागेको हो । संसद सचिवालयमा नै कार्यरत रोसनी शाहीले बलत्कारको अभियोगमा किटानी जाहेरी हालेपछि महरालाई प्रहरी प्रभाग बानेश्वरले फुलपातीका दिन महरालाई सभामुखको सरकारी निवास बाट पक्राउ गरेको थियो ।

प्रहरी प्रभाग सिंहदरबारको पुरुष हिरासत कक्षमा नै यसपालीको उनको दशै बित्यो । सम्भवत:महराको जिवनैकै सबैभन्दा दुखित दशै यसपालीकै हुनुपर्दछ । देशभर दशैको टिकाको उल्लास चल्दै गर्दा महराले भने हिरासतमा सुतेर बिताए ।

दशैको सरकारी बिदाका कारण अदालत बन्द हुदा उनको बयान दसैपछि मात्रै हुने भएकाले पनि अदालत नखुल्दा सम्म उनले हिरासतमै बिताउनु पर्नेहुन्छ । उनको बयानले दोसी ठहरिए कानुन बमोजिम जेल चलान हुनेछन् ।

अहिले महरालाई लागूऔषध कारोवारी र ठगीका अभियुक्तहरुसँगै उनलाई राखिएको छ ।हिरासतको सुरक्षार्थ खटिएका अधिकृतहरुका अनुसार महरा उदास र मौन रहेको खबर सार्बजनिक भईरहेका छन् । सोमबार दिउँसो हिरासत कक्षको सीसी टीभीमा हेर्दा उनी सुतिरहेका थिए ।

महराको स्वास्थ्यमा समस्या नआओस् भनेर एक जना चिकित्सक पनि तैनाथ राखिएको छ । भने, श्वासप्रश्वासमा असहज हुन सक्ने भएकाले अक्सिजन पनि तयारी अवस्थामा राखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार