सिड्नीमा राष्ट्रिय फुटबल खेलाडीको दशै टीका

८ अक्टोबर सिड्नी ।
यहि बिहिबार अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा हुने फिफा २०२२ कतार छनौटको फुटबल खेलका लागि नेपाली फुटबल टिम गत बिहिबार सिड्नी आईपुगेको छन् । खेलको अभ्यास जारी रहदै गर्दा खेलाडीहरुले सिड्नीमा नै दशैको टिका ग्रहण गरेका छन् ।   खेलाडीहरुलाई स्थानीय आयोजक अष्ट्रेलियन नेप्लिज फुटबल एसोसियसनका प्रतिनिधि र गैर-आवासीय नेपाली संघ अष्ट्रेलिया युथ फोरमका संयोजक ईरसाद अहमद लगायतकाको उपस्थितमा टिका तथा प्रसाद बितरण गरिएको हो । सार्बजनिक तस्विरमा खेलाडीहरु टिका ग्रहण गर्न पाउदा निकै हर्षित देखिएका छन् ।एनआरएनए अष्ट्रेलियाको फेसबुक मार्फत् खेलाडीहरुलाई टिका लगाईएको तस्विर सार्बजनिक गरे पनि यो बिषयमा बुझ्न खोज्दा मिडिया हेरेको भनिएका ईरज थापाले फोन उठाएनन् । उनलाई पटक पटक खेलाडीको बारे उपडेट बुझ्न फोन गर्दा उठाएका छैनन् ।
अष्ट्रेलिया बिरुद्दको खेल यहि बिहिबार राती ८ बजे देखी क्यानबेरामा हुनेछ । जस्का लागि ३ दर्जन खेलाडी र नेपाली फुटबल टिम सिड्नी आएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार