यस्तो छ अष्ट्रेलियामा दशैको शुभ साईत

७ अक्टोबर सिड्नी ।
नेपाली हिन्दुहरुको महान पर्ब विजया दशमी अर्थात् बडा दशै मंगलबार आफु भन्दा ठुला मान्यजन बाट टिका तथा आशिर्बाद ग्रहण गरेर मनाईदैछ ।नेपाल सहित नेपालीको बसोबास रहेको विश्वभर स्थानीय समयको शुभ साईत पारेर यस पालीको दशैको टिका लगाएर दशै मनाईदैछ । नेपाली हिन्दु समाज अष्ट्रेलियाका अनुसार यस पटक अष्ट्रेलियाको सिड्नीमा ८ बजेर ५ मिनेट देखि १० बजेर ३५ मिनेटलाई शुभ साईत रहेको छ । भने मेल्बर्नमा स्थानीय समय अनुसार ८।२१ देखि १०।५१ सम्म,ब्रिसबेनमा ९।०१ देखी ११।३० सम्म शुभ साईत रहेको छ ।

यस्तै पर्थमा ८।४६ देखि १०।१६,डार्बिनमा बिहान ७।३५ देखी १०।०५,एडिलेडमा ८।४६ देखी ११।१६,क्यानबेरामा ८।१३ देखि १०।४३ र तास्मानियमा ८।२४ देखी १०।५४ सम्मको समयलाई शुभ साईत मानिएको छ । यस्तै देबि बिसर्जन पनि मंगलबार बिहान बिभिन्न समयमा गर्न सकिनेछ ।

दशै टिकाको दिन सामुहिक रुपमा राखिएका जमरा बितरण समेत गरिने भएको छ । सिड्नी र मेल्बर्न लगायतका शहरहरुमा बिभिन्न सामाजिक संस्थाले जमरा वितरण गर्ने भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार