महरायौन काण्ड: रोशनीले दिईन् उजुरी,प्रहरी पक्राउको तयारीमा

काठमाडौं । तत्कालीन सभामुख कृष्ण बहादुर जबर्जस्ती बलत्कार गरेको आरोप लगाएकी रोसनी शाहीले महरा बिरुद्द जबरजस्ती करणी प्रयासको अभियोगमा जाहेरी दिएकी छिन् ।पिडित शाहीले शनिबार महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जोहरी दिएकी हुन् । सोको काठमाडौं प्रहरीका एक अधिकृतले महराविरुद्ध उजुरी प्राप्त भएको खबर बिभिन्न मिडियाले लेखेका छन् ।
पिडित शाहीले आईतबार राती आफु एक्लै भएको बेला महरा रक्सी बोकेर आएको र आफुलाई जबरजस्ती रक्सी खुवाएर करणी गरेको आरोप सहित सोमबार हाम्राकुरा मिडियालाई अन्तर्बाता दिएपछि सो काण्ड बाहिरिएको थियो ।

एकै दिनमा देश-बिदेशमा समचार ब्यापक आएपछि महराले सभामुख पदबाट राजिनामा दिएका थिए । राजिनामा आएकै दिन साँझ रोशनीले बोली फेर्दै एक मिडियामा महराको बचाउ गर्दै अन्तर्बाता दिएकी थिईन् ।

तनहुँ रहेका शाहीका श्रीमान चित्रजंग शाही बुधबार काठमाणडौ आएपछि शुक्रबार यि दुईले सम्बन्ध बिच्छेद गर्ने सहमती गरेको पत्र शाहीले फेसबुकमा सार्बजनिक गरेपछि रोसनीले आज महरा बिरुद्द जाहेरी दिएकी हुन् ।

रोशनीले यसअघि पछिल्लो समय ‘आफू डिप्रेसनको शिकार भएको र के बोलेँ थाहा नभएको’ भन्दै निवेदन समेत दिएकी थिइन् । यद्यपि, चर्को दबाबपछि प्रहरीले घटनास्थलबाट रक्सीका बोतल, फुटेका चस्मा लगायतका सामग्री बरामद गरेको थियो । यस्तै सिसिटीभी फुटेज,महराको कल डिटेल र अन्य प्राबिधिक पक्षको अनुसन्धान बाट महरा रोसनीको गएको पुष्टी समेत गरेको छ ।
रोसनीको जाहेरी परे संगै प्रहरीले महरालाई पक्राउ गर्ने सम्भावना समेत बढेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार