फिफा छनौट: सिड्नीमा नेपाली फुटबल टिम

सिड्नी ।
यही अक्टोबर १० मा अष्ट्रेलियाको राजधानी क्यानबेरा स्थित जिओ रंगशालामा हुने फिफा २०२२ कतार छनौटको फुटबल खेलका लागि नेपाली फुटबल टिम बिहिबार सिड्नी आईपुगेको छ ।
यस अघि नेपाली फुटबल टिम अक्टोबर ८ मा मात्रै सिड्नी आउने कार्यक्रम थियो ।गैर-आवासीय नेपाली संघ (युथ फोरम) र अष्ट्रेलियन नेपाली फुटबल एसोसियसन (एन्फा)को संयुक्त पहलमा खेल भन्दा एक साता अघि ल्याएर स्थानीय मैदानमा अभ्यास गराउने तयारीका साथ खेलाडीहरु बिहिबार सिड्नी आईपुगेका हुन् ।

खेल भन्दा दुई दिन पहिले आउदा खेलाडी थकित हुने लगायतका शारिरिक समस्या हुन सक्ने जसको कारण राम्रो प्रस्तुती हुन नसक्ने भन्दै एक साता अघि नै खेलाडी ल्याएको एनआरएनए अष्ट्रेलियाको युथ कोर्डिनेटर ईरसाद अहमदले बताए ।

यसरी साता अघि देखी स्थानीय मैदानमा अभ्यास गराउदै र बिभिन्न कार्यक्रममा खेलाडीलाई सहभागी गराएर फ्रेस बनाएर खेलमा पठाउने स्थानीय संयोजनकर्ताको योजना छ ।
अहिले नेपाली खेलाडीहरु सिड्नी ईस्पर्ट एकाडेमीमा बसेर अभ्यासको तयारीमा छन् । खेलाडीहरुलाई नेपाली समुदाय संग परिचय गराउन र आर्थिक सहयोग जुटाउनका लागि संयोजनकर्ताहरुले आईतबार गाला डिनर समेत आयोजना गरेका छन् ।

बिहिबार हुने खेल हेर्नका लागि ‘नेपाल सपोर्टर जोन’को मात्रै करिब दश हजार टिकट सोल्ट आउट भईसकेको छ भने करिब १५ हजारको हाराहारीमा नेपाली दर्सकहरुले नेपाली खेलाडीको समर्थनमा रंगशालामा उपस्थित हुने अनुमान छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार