छवि सँगै बस्न थालिन् शिल्पा

काठमाडौं / शिल्पा र छविको झगडाले केहीसमय नेपाली चलचित्र क्षेत्र अस्तव्यस्त नै बन्यो । जताततै उनीहरुको घरझगडा र डिभोर्सकोे कुरा आउन थालेका थिए । यो कुरा बाहिर आएपछि छवि र शिल्पा दुवैलाई घाटा भने भएको छ । उनीहरुलाई राम्रो भन्ने दर्शकले पनि अहिले छवि र शिल्पालाई गाली दिन थालेका छन् ।यसैबिच नयाँ खबर बाहिरिएको छ । छवि र शिल्पाको डिभोर्सको कुरा बाहिर आएपछि छविकी जेठी श्रीमती हेमा ओझाले छवि र शिल्पाविरुद्ध मुद्दा हालेकी थिइन् । अदालतले छवि र शिल्पालाई पक्राउ गर्ने स्वीकृति समेत दिएको थियो । तर अहिले फेरि शिल्पा छविसँगै बस्न थालेको कुरा बाहिरिएको छ ।
शिल्पाले अब आफू छविसँग बस्नै नसक्ने अन्तवार्तामा बताएकी थिइन् । फेरि अहिले उनी छविसँगै बस्न थालेको कुराले दर्शक अचम्ममा परेका छन् । अब शिल्पा छविसँग बस्न थालेकी हुन् वा होइनन् त्यो भने छवि र शिल्पाले नै भनेपछि थाहा हुन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार