सीके राउतसँग वार्ता नहुने : सरकारी वार्ता टोली

सीके राउतसँग वार्ता गर्ने कुनै एजेण्डा नरहेको सरकारी वार्ता टोलीले स्पष्ट पारेको छ ।
सरकारद्धारा गठित राजनितिक वार्ता टोली संयोजक सोमप्रसाद पाण्डेले विखण्डनकारी मुद्दा बोकेको समूहसँग वार्ताको कुनै औचित्य नहुने बताउनु भएको हो ।
सुनसरी सदरमुकाम इनरुवामा संचारकर्मीहरुसँगको कुराकानीमा पाण्डेले विभिन्न राजनितिक मुद्धाकासाथ सघर्षरत समूहसँग वार्ताको जिम्मेवारी पाएको वार्ता टोलीसामू सीके राउतसँग वार्ताकालागि कुनै एजेण्डा नरहेको प्रष्ट्याउनु भएको हो ।
जनतालाई दुःख दिने र मुलुकलाई टुक्राउन उद्यत बनेको सीके राउतको सम्वन्धमा सरकारलाई बुझाईने सुझाव सहितको प्रतिवेदनका आधारमा आगामी रणनीति तय हुने संयोजक पाण्डेले बताउनु भयो ।
यसैगरी विप्लव समूहसँग तत्काल कुनै वार्ताको सम्भावना नरहेपनि प्रयास भने जारी रहेको वार्ता टोलीले जनाएको छ । आन्तरिक पहलहरु भैरहेकाछन् । तत्काल सम्भावना नदेखिएपनि वार्ताको प्रयास भने जारी रहने सरकारी वार्ता टोलीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार